१९ कात्तिक, काठमाडौं । प्रभु बैंकले आफ्नो शाखा सञ्जालविस्तार गर्ने क्रममा आजदेखि नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आप्mनो २११औं शाखा खोलीसञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक तथाअन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाहगरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाउपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।





