पु.समाचार

किशोर नेपालको टिप्पणीः अब प्रधानमन्त्री ओलीबाटै बर्बादीको शुरूआत भै सक्यो

२१ कात्तिक, काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीबाटै बर्बादीको शुरूआत भै सकेको बताएका छन् । उनले ट्वीट गर्दै ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यबस्था’ लाई संविधान सभाले अंगीकार गरेपछि सरकार त्यस प्रतिकूलका खेलमा किन लाग्नु परेको होला ? भन्ने कडा पश्न गर्दै प्रधानमन्त्री ओलीबिरुद्ध खनिएका हुन् । पत्रकार नेताल आक्रोशित हुँदै कि अब जबज अन्तर्गत राष्ट्रपति भण्डारीले शासनगर्ने हो ? भन्ने कडा रुपमा अर्को प्रश्नसमेत तेस्र्याएका छन् । भावुक हुँदै उनी भन्छन्, ‘अब त, लाग्दछ, अन्तिम दृश्य लेखिदैछ ।’ पछिल्लो समय नेकपा नेतृत्वको सरकारले नेपालको संबिधानमा लेखिएको संघीय गणतन्त्रात्मक हटाएको बिषयमा ब्यापक बिबाद भईरहेका बेला उनले संबिधान बिरोधी कसरकारको गतिबिधिको बिरोध गरेका हुन् ।
उनकाे ट्वीटः ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यबस्था’ लाई संविधान सभाले अंगीकार गरेपछि सरकार त्यस प्रतिकूलका खेलमा किन लाग्नु परेको होला ? कि अब जबज अन्तर्गत राष्ट्रपति भण्डारीले शासनगर्ने हो ? ओलीबाटै बर्बादीको शुरूआत भै सकेको छ । अब त, लाग्दछ, अन्तिम दृश्य लेखिदैछ ।