आर्थिक

दुई ठूला बैंकले जिते चीनमा अरबौंको मुद्धा

२२ कार्तिक, काठमाडौं । अन्नतः बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले चीनमा अरबौंको मुद्दा जितेका छन् । आठ वर्षको लामो संर्घष पस्चात बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको पर्फमेन्स ग्यारेन्टीसम्बन्धी मुद्दा जितेका हुन् ।

उक्त मुद्धा जितेसंगै बैंक जमानतको रकम फिर्ता नहुँदा फसेको दुई बैंककको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता हुने भएको छ । साथै रकम फिर्ताका लागि दुई बैंकले शुक्रबार नै दाबी पठाईसकेका छन् ।

मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा चीनको अदालतमा सुनुवाइ भइरहेको थियो । यसका लागि दुवै बैंकले आफ्ना प्रतिनिधिहरु चीन पठाएका थिए । गत फेब्रुअरी १५ मा भएको बहसमा अदालतले बैंकलाई मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी गरेको सबुत प्रमाण पेश गर्न एक महिनाको समय दिएको थियो ।

त्यसपछि दुवै बैंकले आफ्नो खाताबाट मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी दिएको प्रमाणका लागि आवश्यक सम्पूर्ण कागजात अदालतमा पेश गरेका थिए । साथै ग्यारेन्टीबापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गर्नुपर्ने गरी चीनको हेनान प्रान्तको झेङझाओ इन्टरमिडियट अदालतले मुद्दाको फैसला गरेको थियो  । जसकारण अब चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सीसीबी) ले बीओके र हिमालयन बैंकलाई रकम फिर्ता गर्नुपर्ने भएको हो । 

यस्तै मेलम्ची जमानतको रकम भुक्तानी भए बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो तथा थप हर्जना फिर्ता पाउने छ । यो नेपाली रुपैयाँमा करिब ९० करोड हुन आउँछ । हिमालयन बैंकले पनि ६६ करोड फिर्ता पाउने छ ।