राजनीति

प्रचण्ड–नेपालको सचिवालय बैठक बालुवाटारमा नै राख्ने निर्णय यथावत, प्रधानमन्त्री ओली धरापमा

३ मंसिर, काठमाडौं । नेकपा सचिवालय बैठक दिउँसो १ बजे बालुवाटारमा राखेका अध्यक्ष दहाल नेपाल समूहकै समयमा नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्ती केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक राखेका छन्। उक्त बैठक कुनैपनि हालतमा नसर्ने अध्यक्ष दहाल नेपालसहित पाँचजना सचिवालय सदस्यले जनाएका बेला अल्पमतमा परेका प्रधानमन्त्री ओलीले मन्त्री परिषद बैठक एउटै समयमा डाकेर झडप श्रृजना गर्न खोजिएको नेकपा अध्यक्ष पुष्पकमल दहाल पक्षको आरोप छ ।
प्रधानमन्त्रीले दिउँसो १ बजे गर्ने भनिएको सचिवालय बैठकको समयमा मन्त्रीपपिरषद बैठक डाकेका भएपनि पछिल्लो समय एक घण्टा ढिलो मन्त्रीपरिषद बैठक सारिएको छ भने सचिवालय बैठक निर्धारित समयमा नै बस्ने नेकपा प्रवक्रासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताएका छन् ।
नेकपा अध्यक्षद्वय ओली र दहाल पक्षको बिबादबाट आजसम्म आउँदा सचिवालय बैठक बसेर बहुमत सदस्यले कुनै ठूलै निर्णय लिनसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री ओली उपस्थित नभएपनि सचिवालय बैठक नसर्ने र उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमै गर्ने भनिएपछि प्रधानमन्त्री ओली घेराबन्दीमा परेका छन् । आफ्नै पार्टीका बहुमत सचिवालय सदस्यको घेराबन्दीमा परेका प्रधानमन्त्रीले कस्तो कदम चाल्छन् ? अध्यक्ष दहाल समूहले कस्तो कदम चाल्छन् त्यो हेर्न आज बेलुका सम्मा देख्न पाईने अनुमान छ । तिहार अगाडी बसेको सचिवालय बैठक आजको लागि तोकिएको थियो । प्रधानमन्त्री ओली कुनैहालतमा बैठक नसार्ने मनशायमा छन् भने ओली नेपाल समूह कुनैपनि हालतमा बैठक सार्न नहुने पक्षमा छ । आजको सचिवालय बैठकले प्रधानमन्त्री पदबाट फिर्ता बोलाउने बोल्ड निर्णयसमेत गर्न सक्ने अनुमान राजनीतिकबृतमा लगाईएको छ ।
र्मगलबार चिनीयाँ राजदूतले राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीलगायतका नेकपाका उच्च नेताहरु भेटेर मिलाउने प्रयास गरेपनि दुई समूहहरुको बिबाद मिल्ने सम्भावना राजनीतिक घटना क्रमको विकासले देखिन्न । अध्यक्ष दहाल प्रधानमन्त्री ओलीसँग यसपटक त्यतिसजिलै नफकिनेगरी रिसाएको देखिएको छ ।