२० मंसिर, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमालियाबाट अमेरिकी सेना फिर्ता हुन आदेश दिएका छन।
ट्रम्पले १५ जनवरीसम्ममा सेना फिर्ता हुन आदेश दिएका अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
अमेरिकाका करिब ७ सय सैनिक सोमलियामा रहेका छन ।
उनीहरु अल शबाब तथा इस्लामिक स्टेटविरुद्धको लडाइँमा स्थानीय सुरक्षाफौजलाई सहयोग गर्न तैनाथ भएका हुन्।
हालै ट्रम्पले इराक र अफगानिस्तानबाट पनि सैनिक फिर्ता गर्न आदेश दिएका थिए।





