काठमाडौं २६ मंसिर । नाम्दु मिडियाको प्रस्तुति रहेको झछेवारञनामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सुबास मोक्तानको सभापतित्वमा र माननीय कृष्ण राइको प्रमुख आतिथ्यमा नाम्दु मिडियाले उक्त गीत सर्वजानिक गरेको हो । नेपाली कला क्षेत्रमा एउटा अर्को नयाँ सौगातको रुपमा नाम्दु मिडिया पनि थपिएको छ । नाम्दु मिडियाको यो पहिलो उत्पादन पनि हो ।
काठमाडौको जोरपाटीमा एक कार्यक्रम बिच सांसद कृष्ण बहादुर राइले सार्वजनिक गितको भिडियो बिमोचन गरेका हुन् ।बैरागी मोक्तानको शब्द र संगित रहेको उक्त गितमा ससिकला मोक्तान, सुबास मोक्तान र बबिता पाख्रिनको गायन रहेको छ।
दिलु थापा तामाङको निर्माण एवम् अजय स्याङ्तान निर्देशन र कोरियोग्राफी रहेको उक्त गितलाई संजय लामा र दुर्गा पौडेलले छायांकन गरेका हुन् । सार्वजनिक गितको भिडियोको सम्पादन दिर्ग खडका,अजय स्याङ्तान र नवीन घर्ती मगरले गरेका हुन् भने रंग सम्पादन राजेन्द्र मोक्तानको रहेको छ।
गितको भिडियोमा प्रेम लोप्चन,अमिर दोङ, कुइसाङ रुम्बा, खेम मोक्तान, मिलन थिङ, सुश्मा मोक्तान लगाएत थुप्रै चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस गितको पूरा





