२७ मंसिर, काठमाडौं । नेपालमा आज ५ हजार पिसिआर परिक्षण गर्दा १ हजा्र भन्दा थोरैको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार २ सय४२ नमुना परिक्षण गर्दा ८ सय ९९ जना कोरोना संक्रमित भेटिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।शनिबार थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।
नेपालमा हालसम्म १८ लाख २५ हजार ८६० जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ५१९ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ११ हजार ६७३ जना सक्रिय संक्रमित छन् ।
आज १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै कुल निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ ।





