समाचार

सरकारले अध्यादेश ल्याएपछि आक्रामक भएको कांग्रेसले बाेलायो पदाधिकारी बैठक

१ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दै छ । सरकारले मंगलबार जारी गरेको संबैधानिक परिषदसम्बन्धी अध्यादेशबारे छलफल गर्न आज दिउँसो बैठक बस्ने भएको हो ।

ओली सरकारले अकस्मात छलफलबिना ल्याएको अध्यादेशबारे शिर्ष नेता सम्मिलीत बैठकमा छलफल हुने कांग्रेसका सह महामन्त्री डा प्रकाश सरण महतले जानकारी दिएका छन् ।

बिना जानकारी एकलौटि रुपमा सरकारले अध्यादेश ल्याउनुलाई ‘सर्वसत्तावादी सोच’को संज्ञा दिँदै सामाजिक माफर्त कांग्रेसका शिर्ष नेताहरुले बिरोध जनाएका छन् । साथै उक्त अध्यादेश तुरुन्तै फिर्ता गर्न माग पनि गरेका छन् ।