पु.समाचार

सरकारले जारी गरेको अध्यादेश खारेजको माग गर्दै सर्वोच्चमा रिट दर्ताः शुक्रबारलाई तोकियो पेशी

काठमाडौँ पुस १ । राष्ट्रपतिबाट जारी भएको अध्यादेश खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपतिबाट मंगलबार जारी भएको रिट खारेजको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले प्रधानमन्त्रीसहित संवैधानिक परिषद्का सबै सदस्यलाई विपक्षी बनाइ रिट दायर गरेका हुन् । रिटमाथि शुक्रबार सर्वोच्चमा सुनुवाइ हुने भएको छ ।

अध्यादेशले संविधानको धारा २८४ मा अन्तरनिहित संविधानको आधारभूत संरचनासंग सम्बन्धित विषय, संविधानवादका आधारभूत मूल्यमान्यता, संवैधानिक नियन्त्रण र सन्तुलन, संवैधानिक सुशासन, निष्पक्षता, पारदर्शिता, जवाफदेहीता सम्बन्धी सिद्धान्तहरुको उल्लंघन गरेको रिट विदेक अर्यालको दाबी छ ।

रिटमा अध्यादेश बदर घोषित गर्न, अध्यादेशका आधारमा हुने संवैधानिक परिषद्का बैठकमा सहभागी नहुने तथा नियुक्तिसम्बन्धी अन्य कुनै निर्णय नगर्न आदेश जारी गर्न समेत माग गरिएको छ । साथै अध्यादेशका आधारमा परिषद्को बैठक बसेर भएका नियुक्ति सिफारिस उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ । मंगलबार सरकारले अध्यादेश जारी गरेपछि चौतर्फि बिरोध हुनुका साथै फिर्ताको माग उठिरहेको छ ।