अन्तर्राष्ट्रिय

रुसी राष्ट्रपति पुटिन अर्को वर्ष भारत आउने सम्भावना

७ पुष, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नयाँ वर्ष २०२१ को पहिलो छ महिनाभित्रमा भारत आउने सम्भावना रहेको छ ।

यही बर्ष सन् २०२० को अन्त्य तिर उनि भारत आउने तालिका भए पनि अहिले स्थगित भएकाले अर्को वर्ष आउने सम्भावना रहेको हो । पुटिनको अहिलेको भ्रमण स्थगित भएर अर्को वर्षको तालिकामा परेको भारतका लागि रुसका राजदूत निकोलाय कुडाशेभले सोमबार पुष्टि गरेका छन् ।

“कोरोना महामारीका कारण अहिलेको भ्रमण व्यवस्थापन गर्न गाह्रो हुने भएकाले अहिलेलाई स्थगित गरिएको हो । अर्को वर्ष अवस्था सामान्य भयो र व्यवस्थाप नगर्न सकिने भयो भने उहाँले अर्को वर्ष भ्रमण गर्नुहुने छ,” उनले भने ।

राष्ट्रपतिको भ्रमण नभएपछि भारत र रुसका बीचमा विभिन्न चरणमा छलफल तथा वार्ताहरू भने भइरहेको उनले बताए ।

आगामी भ्रमणको तालिका पनि दुवै पक्षको सहमतिमा तय गरिने राजदूत कुडाशेभले जानकारी दिएका छन् ।