प्रदेश 1

आर्थिक मामिला मन्त्री आङ्बो पदमुक्त, मुख्य मन्त्री राई बिरुद्ध अबिस्वासको प्रस्ताव दर्ता हुने

१२ पौष, बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई शनिबार अपरान्ह पदमुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६९ को २ (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
बर्खास्त गरिएका आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोले अब मुख्यमन्त्री शेरधन राई बिरुद्धमा अबिश्वास प्रस्ताव दर्ता गर्ने समय आएको प्रतिकृया दिएका छन् । प्रधानमन्त्री केपी शर्मँ ओलीले संसद बिघटन गरेपछि प्रदेशमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्न थालेको छ ।