प्रदेश 1

कांग्रेस निर्बाचनमा जान डराउने कुरै आउँदैनः सभापति अन्सारी

१२ पौष, इनरुवा । नेपाली कांग्रेसका युवानेता तगा क्षेत्र नं ४ सभापति अयुव अन्सारीले केही सञ्चारमाध्यमा आए जस्तो कांग्रेस चुबावसंग डराएको भन्ने कुरा झुट्टो भएको दाबि गरेका छन् । आइतवार वराहक्षेत्र ७ को देबिघाटमा क्षेत्र नं ४ ले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति अन्सारीले कांग्रेस चुनाबकै पक्षमा भए पनि असंवैधानिक संसद बिग्ढनको बिरुद्धमा कांग्रेस आन्दोलित हुनु परेको बताए । उनले भन्ने कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले चुनावसंग डराउने कुरा हुदैन् । तर पनि ओली सरकारले जनताको लामो संघषले प्राप्त गरेको व्यवस्थाकै बिरुद्ध असबैधानिक कदम चालेकाले कांग्रेसले आन्दोल गर्ने निर्णय गरेको हो । यसकालागि नेपाली कांग्रेस केन्द्रीय समितिले देशको १ सय ६५ वटै संघिय निर्वाचन क्षेत्रमा बिरोध सभा गरि सरकारको सो असबैधानिक कदम बिरुद्ध आन्दोलन पुस १३ गते सोमबार गर्ने निर्णय गरेको हुदा सबै नेपालीलाई सरकारको बिरुद्ध सडकमा उत्रन्न आग्रह पनि गरे । उनले कम्युनिस्टको किचलोको कारण नेपाली जनताले दुख पाएकाले कांग्रेस मात्र नेपाली जनताको पार्टी भएको दाबि समेत गरे । कम्युनिस्टले बिधिको शाशन र व्यवस्था बिरुद्ध धाबा बोलेको भन्दै नेपाल जनतालाई कांग्रेसले आयोजना गर्ने बिरोध सभामा आफ्नै घरको खाजा सामल आएर मोटरसाइकलमा भए मोटरसाइकलमा नत्र साइकलमै भए पनि सहभागीता जनाउन आब्हान समेत गरे ।
सोहि दिन क्षेत्र नं ४ को देबिधाट सहित रामधुनिको सिंगिया, वराहक्षेत्रको प्रकासपुर र मधुवनमा समेत कांग्रेसका अगुबा कार्यक्रताहरुलाई सरकार बिरुद्ध आन्दोलनमा उत्रन्न आग्रह समेत गरिएको थियो । छलफल कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उप सभापति हरिलाल मेहता, महासमिति तथा केन्द्रीय राज्य प्रशासन सदस्य बाबुराम बिष्ट, महासमिति सदस्य नन्द सिग्देल, जीवन बिष्ट, महासमिति तथा महिला संघ केन्द्रीय सदस्य अनु गुरुङ, जिल्ला सदस्य कालुराम चौधरी, मुना अधिकारी, क्षेत्र नं ४ प्रदेश सभा १ सभापति उपेन्द्र कट्वाल , क्षेत्र नं ४ उप( सभापति सदानन्द मण्डल, सचिव रमेश कार्की, महादिवेशन प्रतिनिधि शुसिला खनाल पौडेल , मनोज कुमार साह वराहक्षेत्र उप-सभापति तथा वडा नं ८ सभापति रत्न राउत, मस्लिम संघ प्रदेश नं १ सभापति डाक्टर ईस्राइल, वराहक्षेत्र नगर सचिव ख्याम थापा, प्रेम प्रसाईं, तरुण दल वराहक्षेत्र सभापति रत्न राउत, रमेश कार्की, नेपाल प्रेस युनियन वराहक्षेत्र सभापति संगम बिष्ट लगायतको उपतिथि रहेको थियो ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम सोमबार देशको १ सय ६५ वटै क्षेत्रमा हुने बिरोध सभा क्षेत्र नं ४ को लौकही चौकमा आयोजना हुने र सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब अर्थमन्त्री ज्ञानेन्द्र कार्की आउने कार्यक्रम छ ।