आर्थिक

महामारी पुर्वतयारी तथा प्रतिकृया सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन

२० पुस, काठमाडौँ / नेपालमा कोभिड–१९ को संक्रमण हाल केहीकम देखिएता पनि महामारीको जोखिम अझ कम भइनसकेको अवस्था छ । कोविड सम्बन्धी जनचेतनामा बिशेष जोड दिने र भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाको लागि जनस्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिनु पर्ने आवश्यकता महसुश गर्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एसियाली विपद पुर्व तयारी केन्द «तथा एनडिआरसीको संयुक्त साझेदारीमा स्वास्थ्य आपतकालिन (महामारी) पुर्व तयारी तथा प्रतिकृयाका लागि जनचेतनामुलक कार्यक्रम संचालन भएको छ ।
स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाहरुको क्षमता अभिवृद्धीका लागि उक्त अभीमुखीकरण कार्यक्रम संचालन गरिएको हो । स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्य सम्बन्धी जोखिम न्युनिकरण र नेपाल जस्तो अतिकम विकसित र जनस्वास्थ्य क्षेत्रमा सिमित पुर्वाधार भएको मुलुकमा सो अवस्थाको पुर्व तयारीका निम्ती जनस्वास्थ्य एवं मानविय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अविबृद्धी गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
बिराटनगरको होटेल रत्नमा सोमबार आयोजित उक्तकार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकाल संचालन केन्द (एचइओसी) का प्रमुख डा. समिर अधिकारीले विपद पुर्वतयारी एवं व्यवस्थापनमा थिप्रकास पारेका थिए।
त्यसैगरी नबिल बैंकका व्यवसायिक सामाजिक उत्तरदायित्व प्रमुख कृष्ण सुबेदी तथा प्रदेश – १ प्रमुख सुबोध लोहनीले नबिल बैंक समाजप्रती सदैव उत्तरदायी र विगत केही समयको निरन्तर अभ्यास पश्चात कार्यक्रम संचालन गर्न पाएकोमा खुसी ब्यक्तगर्दै कार्यक्रमको सफलताको कामना गरे । एसियाली विपद्पुर्व तयारी केन्दका देशीय प्रतिनिधि मानबहादुर थापाले कुनै किसिमको विपदको सामना गर्नुपुर्व सबैले विपदको पुर्व तयारीमा सबैको ध्यान केन्दित रहनुपर्ने कुरामा जोड दिए ।
त्यस्तै चौधरी फाउन्डेसनकी प्रमुख संचालन अधिकृत मेरिना रञ्जितले विपदको बेला चौधरी फाउन्डेसनले गरेको कार्यहरुको स्मरण गर्दै आपतकालका बेला व्यवस्थित रुपमा कार्य गर्न यस किसिमको कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गरे ।
प्रदेश न. १ को राजधानी बिराटनगरमा सोमबारबाट सुरु उक्त प्रशिक्षण कार्यक्रम क्रमश प्रदेश न. २ को बिरगंज, बागमती प्रदेशको भरतपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर तथा नेपालगंज र सुदुरपश्चिम प्रदेशको कंचनपुरमा पनि संचालन गरिने बताइएको छ ।
नबिलबैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिलरेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवाप्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ ।