आर्थिक

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ देखि ६ गतेसम्म ८ अर्व बराबरको सार्वजनिक निष्काशन ल्याउँदै

२१ पुष, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ देखि गते ६ सम्म नेपालको पूँजीबजारको इतिहासमै सबै भन्दा ठूलोे ८ अर्व, बराबरको सार्वजनिक निष्काशन ल्याउने भएको छ ।

यस निष्काशनका लागि यस अघि नै निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेकोले यो निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुने भएको हो ।

जम्मा २० अर्व चुक्ता पूंजी रहेको यस बैंकको १२ अर्व संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बांकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ । हालपुँजीबजारको अवस्थालाई अध्ययनगर्दा यो सार्वजनिक निष्काशनका लागि आवेदन दिने सबै आवेदकहरुको हातखालि नहुने अनुमान गरिएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड को स्थापना बैंक तथावित्तिय संस्था, जीवनतथा गैरजीवनबीमा कम्पनी, उद्यमीहरु त्था अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथानेपाल सरकारको संयुक्त सहभागितामा भएको हो ।