२८ माघ, काठमाडौं । लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाईल मनि’भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ ।
एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो अचयधमकयगचअष्लनप्रतियोगिता हो । यस अघि बैंकले ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो जसमा सहभागी हरुले बैंकको डेबिट कार्डको लागि विभिन्न प्रकारका डिजाइन पेश गर्नु गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्ड हरुमा प्रयोग हुँदै आएको छ ।
‘माई मोबाईल मनि’ प्रतियोगितामा भने ५ वटा विभिन्न शिर्षकमा रहेको र सहभागी हरुले प्रत्येकशिर्षकमा३ मिनट सम्मको१-१ गरी कुल ५ वटा सम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यस व्यवस्था अन्तर्गत सहभागिहरुले प्रत्येक शिर्षकमा ५० हजार गरी कूल दुई लाख ५० हजार सम्म जित्ने अवसर रहेको थियो । सो प्रतियोगितामा विभिन्न क्षेत्रहरु बाट ४५० भन्दा बढी रेजिस्ट्रेसनमार्फत उत्साहजनक सहभागिता रहेको थियो। साथै पहिलो शिर्षकमा भने २ भिडियोहरु बिच बराबर भई २ वटै भिडियो बिजेता भएका छन् ।
प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्ता तथा कथा वस्तु, कार्यन्वयन, र प्रासङ्गिक्ता का आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो ।
यस प्रतियोगिताका विजेताहरु यस प्रकार छन्ः
१. बिल भुक्तानी १ः
लकेश दंगल, विराटनगरः मन्दिप बखुन्छे, भक्तपुर
२. बिल भुक्तानी २ः
विकास त्रपाठी, पोखरा
३. कार्ड सेवाः
सन्तोश शाक्य, काठमाडौं
४. कार्ड रहित नगद निस्काषनः
भुवन तिवारी,भरतपुर
५. नगद ट्रान्स्फरः
छेवाङ गुरुङ, मुस्ताङ





