२५ फागुन, बिराटनगर । नेपाली काङ्ग्रेस को सुभेक्षुक सस्था नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश १ ले १११औं महिला श्रमिक दिवस मनाएको छ। ट्रेड युनियन कांग्रेस प्रदेश नम्बर १ महिला समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नम्बर १ महिला समिति अध्यक्ष सुनिता घिमिरे र प्रमुख अतिथि विराटनगर महानगर पालीका उप प्रमुख ईन्दिरा कार्कि रहेका थिए।
कार्यक्रममा बोल्दै महिला समिति अध्यक्ष सुनिता घिमिरेले मुलुकको सर्वाङ्गिण बिकास र समतामुलक समाजको परिकल्पना भनेकै सबै क्षेत्रमा महिलाको ५० प्रतिशत समान अधिकार र सम्बैधानिक पहुच रहेको बताइन्। घिमिरेले श्रमिक महिलाले समान कामको समान ज्याला पाउनु पर्ने, घरेलु श्रमिक महिलाले उचित सुरक्षा र ज्याला पाउनु पर्ने,
कार्यक्षेमताको आधारमा तत्काल बढुवा गतिनु पर्ने, लगायत मा जोड दिइन। ट्रेड युनियनले महिलाको हक हित र सुरक्षा को बिसयमा लड्दै आएतापनी अझै थुप्रै समस्या रहेको हुदा निरन्तर सङ्हर्स गरिने घिमिरेले बताइन् ।
उपप्रमुख इन्दिरा कार्किले ‘सम्पूर्ण महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उत्साह, जोश, जाँगर तथा शक्ति थपियोस्’ भनी कामना गरिन्।





