आर्थिक

लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्यु. आर कोड we chat pay सेवा

२६ फागुन, काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल एंव गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा क्यु.आर. कोड सेवा तथा  we chat pay सुरु गरेको छ । स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको बिकासको लागि प्रदानगर्ने आर्थिक सहयोग तथा माया देविमन्दिर प्रवेशमा लाग्ने शुल्क अव क्यु.आर कोड को माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।
डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ्गकम्पलेक्स लगायतमा क्यु.आर कोड सेवा प्रदानगर्दै आएकोमा अन्य क्षेत्रहरु पहिचान गरि डिजिटल सेवा प्रदानगर्दै जाने उद्धेश्यले लुम्बिनीमा उक्त सेवा संचालनमा ल्याएको छ। उक्त सेवा संचालन भएपछि मायादेवि मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्यु. आर. कोड तथा बाह्य पर्यटक त्यसमा पनि विशेष गरि चाइनिज पर्यटकले we chat pay को माध्यमबाट मन्दिर दर्शन शुल्क तथा आर्थिक सहयोग प्रदानगर्न सक्नेछन् ।
स्थापनाकाल देखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलो पटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।