२६ फागुन, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । दशौं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतली सडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले १० वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागिभन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक ठूलो र मजबुद बैंकका रुपमा अघि बढिरहेको उल्लेख गर्दै बैंकले दोहारो अंकको वृद्धि गरी शेयरधनीलाई उच्च प्रतिफल, बैंकमा संस्थागत सुशासन कायम राख्ने रकर्मचारी, नियमनकारी निकायलगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे । उक्त समारोहमा बैंकका संचालकहरु सुनिलकुमार न्यौपाने, मनबहादुर राई र प्रमुखकार्यकारी अधिकृत तुलसी राम गौतमले शुभकामना सहितमन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा दशवर्षदेखि निरन्तर सेवाप्रदान गरी बैंकको समग्र विकासमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ५४ जना कर्मचारीहरुलाई सम्मान स्वरुप कदरपत्र प्रदान गरियो ।
दशौं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले काठमाडौंको गौरीघाट र बालाजु शाखा अनलाईनमार्फत औपचारिक रुपमा उद्घाटन गरे । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथाशहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२२ शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ्ग र ८८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको चुक्तापूँजी ९ अर्ब ३ करोड रहेको छ भने ८७ अर्ब ७० करोड निक्षेप परिचालन गरी ७३ अर्ब ८८ करोड ऋण प्रवाहगर्न सक्षम भएको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विर्तामोड शाखाले नेपाल रेडक्रस सोसाईटी झापासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम ७५ जनाले रक्तदान गरेका थिए । बैंकले वानेश्वर शाखामार्फत निःसहाय सेवा केन्द्र मिनभवन काठमाडाैं र बनेपाधुलिखेल शाखामार्फत उज्यालो महिला समाज बनेपालाई एकएकथान डेक्सटप कम्प्युटर हस्तान्तरण गरेको छ । त्यसै गरी सुर्खेत शाखाले पाटन दरबार सुर्खेतमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण, दैलखशाखाले सरस्वती वृद्धाश्रम दैलेखमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण गरेको छ । चोरमारा शाखाले जनता माध्यामिक विद्यालय मध्यविन्दुका विद्यार्थीको सहज पठनपाठनका लागि ३५ वटा कुर्सी वितरण, विराटनगर शाखाले रात्री निम्न माध्यामिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्रीवितरण, झुम्का शाखा मार्फत पशुपतिमा ध्यामिक विद्यालय रामधुनी सुनसरीमा ८ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता तथा विद्यालयमा खानेपानी व्यवस्थापनमा सहयोग प्रदान गरेको छ ।टिकापुर शाखाले स्थानीय ऐतिहासिक शिवमन्दिर सरसफाई तथा रङरोगनकार्य सम्पन्न गरेको छ ।
अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।





