२६ फागुन, काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैचा नगरपालिका वडा नं ९, करदाता सेवाकार्यालय, विराटचोकमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्व कार्यालय बिराटनगरका प्रमुख बिमल सापकोटाले गरे ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ बिराट चोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय बिराटचोकका प्रमुख नेत्र घिमिरे, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग बिभागका प्रमुख भोला बहादूर बिष्ट, सिभिलबैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल लगायतसो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको वाक्लो उपस्थिति थियो ।
अब त्यस क्षेत्रका सेवा ग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्वविभागसंग सम्वन्धित करहरुको भुक्तानीसिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलैसंग गर्न सक्नेछन ।
पाँचलाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टर सहित७ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जस मध्ये ४ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बैंकको हालसम्म ८९ एटियम रहेका छन् । बैंकले हाल सम्म करीव ८१ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ७४ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।





