आर्थिक

अब किसानले एनसीसी बैंकबाट ५ करोडसम्मको सहुलियतपूर्ण कर्जा पाउने

१ चैत, चितवन । चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छीकर्जापाउनेभएकाछन्।कर्जादिन नेपाल क्रेडिट एण्ड कमर्स बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारीसंस्थाबीचसम्झौताभएकोहो ।
नेपाल राष्ट्रबैंक बाटजारीभएकोसहुलियतपूर्णकर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित)अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाहगर्नका निम्ति बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो ।
सोसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र चितवन जिल्ला दुग्धउत्पादक सहकारीसंघ चितवनका अध्यक्ष रत्नमणि न्यौपानेले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकले जिल्लाभरिका दुग्धउत्पादक किसानहरूको व्यवसाय प्रवर्द्धनगरी उत्पादन एवँ रोजगारी अभिवृद्धि गर्न संघअन्तर्गतका सदस्य दुग्धउत्पादक सहकारीसंस्थाहरूसँग आवद्ध दुग्ध उत्पादक व्यक्तिरकिसान र संस्थाहरूलाई सहुलितपूर्ण कर्जा प्रदान गर्नेछ।
सम्झैताअनुसार कसले कतिसम्म कर्जा पाउने ?
– पशुपालक व्यक्तिरकिसानले प्रतिव्यक्ति अधिकतम १० लाख रुपैयाँसम्म पाउने।
– कृषि तथा पशुपालन व्यवसायगर्ने गरीदर्ताभएका प्राइभेट फार्म वा साझेदारी व्यवसायलाई प्रतिफार्मरव्यवसाय अधिकतम १ करोड रुपैयाँसम्म पाउने।
– कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ताभएका कृषि तथा पशुपालन व्यवसाय गर्ने प्रति कम्पनीलाई अधिकतम ५करोड रुपैयाँसम्म।
– चितवन जिल्ला दुग्ध उत्पादक सहकारीसंघकाबिभिन्न सहकारी संस्थाहरु सँगप्रत्यक्षतथाअप्रत्यक्ष रुपमा आबद्ध४० हजार भन्दा बढी किसानहरु लाभान्वीतहुन सक्ने अपेक्षा राखिएको छ ।
–यो कर्जा योजनामा सहभागीहुने सेवाग्राहीलाई कुनै पनि सेवा शुल्कलाग्ने छैन ।
सम्झौताअनुसार यस्तो कर्जा कुनैपनि शाखाबाट प्राप्तगर्न सकिने र कर्जाका लागि संघले सहजीकरण गरिदिने पनि बताइएकोछ।