आर्थिक

ग्लोबल आइएमई बैंकद्वारा ८.५ प्रतिशत डिबेन्चर २०८६/८७ जारी

१ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंकले आजेदेखि “८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७”निष्काशन गरी बिक्री खुला गरेकोे छ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको, एक हजारप्रति ऋणपत्र अंकित मूल्यका३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशन गरिएको कुल ऋणपत्र मध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत तवरबाट बिक्रीगर्नेछ भनेबाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाखकित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्रीगर्न लागिएको हो। सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्र मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ। ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म बन्दहुने गरीतो किएको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ। वार्षिक ८.५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ। बैंकहरुले मुद्दती निक्षेपमा प्रदानगर्ने ब्याजदर भन्दा प्रस्तावित क्रणपत्रको ब्याजदरअधिक रहेकाले आकर्षक तथा सजिलै बिक्रि हुने अवस्थामा रहेको बैंकले जनाएको छ ।
बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई औषत कर्जा जोखिम जनाउने इक्रा इस्युअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ। त्यसैगरी, ऋणपत्रलाई भने कमजोखिम जनाउने इक्रा एलए माइनस रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।
बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोेकेको छ। लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्रप्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवंम्तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५३ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ । सबैका लागि बैंक’भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदानगर्दै आइरहेकोछ।