आर्थिक

प्रभु बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान

९ चैत, काठमाडौं । प्रभु बैंक लि. लेआज सिन्धुपाल्चोक जिल्ला स्थित तेर्षे माध्यामिक, महेन्द« माध्यामिक, श्रीपाल्चोक माध्यामिकर भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता÷ज्ञान हासिल प्राप्त गरेका छन् । बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादनहुने विभिन्नक्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि४८ जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन गराईएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।
प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागीहुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिकलगायतको सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनहरुमा प्रभु बैंकले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न वित्तीयसाक्षरता अभिवृद्विगर्ने कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयतहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमावित्तीय साक्षरता उपलब्ध गराउने प्रतिबद्ध रहेको छ ।