१० चैत, काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेड र सुनचाँदी ब्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी ब्यवसायी महासंघ बिच बैंकिङ्ग साझेदारी सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक श्री सलोनिका सिंह तथा नेपाल सुनचाँदी ब्यवसायी महासंघको तर्फबाट महासंघका अधक्ष्य माणिक रत्न शाक्यले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
उक्त सम्झौता अनुसार महासंघ संग आवद्व सुन ब्यबसायीहरुले नेपाल बङ्गलादेश बैंक लिमिटेडका नेपालभरिका शाखाहरुबाट बिभिन्न बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्नेछन्। साथै नेपाल राष्ट्र बैंकको नगद रहित कारोवारलाई प्रवर्धन गर्ने नीतिलाई सफल बनाउने उद्देश्यले सुनचाँदी पसलहरुमा खरीदकर्ताहरुले नेपाल बङ्गलादेश बैंकको QR Code मार्फत भुक्तानी गर्न सक्नेछन् । साथै नेपाल अधिराज्यभरीका महासंघ संग आवद्व महिला तथा दलित समुदाय द्वारा संचालित सुनचाँदी ब्यवसायीहरुले नेपाल बङ्गलादेश बैंक लिमिटेडबाट सहुलियतपूर्ण “महिला उद्यमशील कर्जा” तथा “दलित समुदाय ब्यवसाय बिकास कर्जा” पनि प्राप्त गर्न सक्नेछन् ।
ल नेपाल बङ्गलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ATM बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।





