आर्थिक

नबिल इन्भेष्टमेन्ट बैकिंङ्गको क्लिनिक संचालनमा

१७ चैत, काठमाडौं । काठमाण्डौं नबिल इ्रन्भेष्टमेण्ट बैकिंङ्ग लिमिटेडले संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसायगर्न चाहने व्यक्तितथा संस्थाहरु र आफ्नो व्ययसाय विस्तार गर्न चाहने व्यक्तितथा संस्थाहरुका लागि निकै उपयोगीहुने देखिएको छ । बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न सुरु गरेको परामर्श सेवा हो । ग्राहकहरुले नबिलइ्रन्भेष्टमेण्टका लगानी विशेषज्ञहरुद्वारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी प्रतिफलको उद्देश्य प्राप्तगर्न सक्ने देखिन्छ ।
यस सेवाअन्तर्गत ईक्विटी परामर्श, लगानी व्यवस्थापन सम्बन्धि परामर्श, कर्जा तथा ऋण सम्बन्धि परामर्श, पूँजी संरचना सम्बन्धि परामर्श, दैनिककार्य संचालन तथा पूँजी व्यवस्थापन सम्बन्धि वित्तीय परामर्श, व्यापार पुनर्रसंरचना÷पुनर्रगठन सम्बन्धिवित्तीय परामर्श, व्यापार/व्यावसाय विस्तार सम्बन्धि परामर्श, व्यापार सुरु गर्ने सम्बन्धि परामर्श, सम्पत्ति व्यवस्थापन सम्बन्धि परामर्श, पोर्टफोलियो संरचना निर्माण सम्बन्धि परामर्श, पोर्टफोलियो फेरबदल/पुनरसंरचना सम्बन्धि परामर्श, शेयर खरिद/बिक्रीगर्ने निर्णय सम्बन्धि परामर्श, निश्चित फिर्ती लगानी सम्बन्धि परामर्श, सम्पत्ति/धन व्यवस्थापन सम्बन्धि परामर्श, व्यापार रणनीति सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि परामर्श सेवालिन सकिने व्यहोरा कम्पनीले जानकारी गराएको छ ।
यस्तो सेवा नेपालमा हालसम्म कुनै पनि इन्भेष्टमेण्ट बैकिङ्गले प्रदान गरेको पाइएको छैन यो सेवाविस्तार गर्ने नबिल इन्भेष्टमेण्ट बैंकिंङ्ग पहिलो संस्थाहुन सफल भएको छ । जसले भविष्यमा व्यापार गर्न चाहने व्यापारीहरु वाआफ्नो व्यापारलाई रणनीतिक रुपमा विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागिनिकै नै सहयोगी/फलदायि सिद्ध हुने बैंकले जनाएको छ ।
यस्तो सेवा सार्वजनिक विदाको दिन र शुक्रवार वाहेक प्रत्येक दिनको ३ बजे देखि दिनको ५ बजेसम्म संचालनमा रहने छ । एक पटक यो सेवा लिन आउँदा एक हजारको टिकट काट्नु पर्नेछ । तर चैत्र महिनाको लागि यो शुल्क छुट गरिएको व्यहोरा कम्पनीले जनाएको छ ।