२७ चैत, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार विस्तारित गर्नेक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानीसेवाको आज शुक्रबार एक औपचारीक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलबाट समुद्घाटन भएको हो । उक्त शुभारम्भ कार्यक्रम कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त औपचारिक शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले QR Code स्क्यान गरी भुक्तानी गरे ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिलाई धन्यवाद ज्ञापन गरे ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै यस बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराए ।
साथै, उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंक अफ काठमाण्डू लिमिटेडको प्रशंम्सा तथा धन्यवाद ज्ञापन गरे ।
हालसम्म बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।





