आर्थिक

बिशेष अदालत काठमाण्डौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

३ बैसाख, काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा काठमाण्डौं जिल्लाको काठमाण्डौं महानगरपालिकास्थित वडा नं ११ बिशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । काठमाण्डौंस्थित बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७८बैशाख ३गते देखि कारोबार सुरु भएको हो। बिशेष अदालत परिसरमा आज बिहान १०ः०० बजे बिशेष अदालत काठमाण्डौेंका माननिय न्यायाधीश प्रेमराज कार्किबाट एक समारोहका विच प्रभु बैंक बिशेष अदालत काठमाण्डौं एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका थिए ।
नेपाल राष्ट्र बैंक तथाअन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाण्डौंमापनिआप्mनो सेवाविस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धितबिशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकमजम्मागर्न र बिशेष अदालतकोकामगर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाहगरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २१३ वटा शाखाकार्यालय, १८९ वटा एटिएम्, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा२ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।