आर्थिक

इन्भेष्टमेन्ट बैंक एनआई बिएलम्युचुअल फण्ड

३ बैसाख, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नेपालको पूँजीबजारमा सामूहिक लगानी कोष अन्र्तगत विभिन्न योजनाहरु संचालन गर्ने उदेश्यले आफु कोष प्रबद्र्धक रहि साथै बैँकको सहायक कम्पनीको रुपमा रहेको एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी “एनआई बिएलम्युचुअल फण्ड”नामको सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालनगर्दै आईरहेको छ ।“एनआई बिएलम्युचुअल फण्ड”को पहिलो योजना“एनआई बिएलसमृद्धि फण्ड (१” सफलतापूर्वक संचालन गर्दै यस योजनाका इकाईधनीहरुलाई हाल सम्मकुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ र आगामी आर्थिक वर्षमा यसयोजनाको ७ बर्ष अवधि पुरा भई योजना बन्द हुनेछ ।
पहिलो योजनाको उत्कृष्ट प्रतिफल साथै आम लगानीकर्ताहरुको विश्वासलाई निरन्तरता दिने उदेश्यका साथ बैँकले “एनआई बिएल म्युचुअल फण्ड”अन्र्तगत संचालनहुने चौँथो योजनाको रुपमा“एनआई बिएल समृद्धि फण्ड (२” नामको बन्दमुखी योजना संचालनगर्ने अनुमति नेपाल धितोपत्रबोर्डबाट पाएको छ ।यस योजनाको आकार रु. १ अर्ब २० करोड र यस योजना १० वर्षको अवधि सम्म संचालनमा रहनेछ । प्रतिइकाई मूल्य रु.१० दरको १२ करोड इकाई मध्ये बीज पूँजीबापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुलनिष्काशन गरिने इकाईको जम्मा २०प्रतिशत अर्थात २ करोड ४०लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाखइकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ । यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उदेश्य रहेको छ भने प्रभावकारी वार्षिक प्रतिफलको रुपमा२१.४३ प्रतिशतयस योजनाका इकाई धनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको छ । साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृतभई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्रीगर्न सकिने छ ।