१३ बैसाख, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नेपालको पूँजीबजारमा सामुहिक लगानी कोष अन्र्तगत विभिन्न योजनाहरु संचालनगर्ने उदेश्यले आफु कोष प्रबद्र्धक रहि साथै बैँकको सहायक कम्पनीको रुपमा रहेको एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी “एनआईबिएल म्युचुअल फण्ड”नामको सामुहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालन गर्दै आईरहेको छ ।“एनआईबिएल म्युचुअल फण्ड”को पहिलो योजना“एनआईबिएल समृद्धि फण्ड (१” सफलतापूर्वक संचालन गर्दै यस योजनाका इकाईधनीहरुलाई हाल सम्मकुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ र आगामी आर्थिक बर्षमा यस योजनाको ७ बर्ष अवधि पुरा भई योजना बन्द हुनेछ ।
पहिलो योजनाको उत्कृष्ट प्रतिफल साथै आम लगानीकर्ताहरुको विश्वासलाई निरन्तरतादिने उदेश्यका साथ बैँकले “एनआईबिएल म्युचुअल फण्ड”अन्र्तगत संचालनहुने चौँथो योजनाको रुपमा“एनआई बिएलसमृद्धि फण्ड (२” नामको बन्दमुखी योजना संचालनगर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ ।यस योजनाको आकार रु. १ अर्ब २० करोड (एक अर्ब बिस करोड रुपैँया) र यस योजना १० बर्षको अवधि सम्म संचालनमा रहनेछ । प्रतिइकाई मूल्य रु.१० दरको १२ करोड इकाई मध्ये बीजपूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाखइकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २०प्रतिशत अर्थात २ करोड ४०लाख इकाई सुरक्षित राखिबाँकीन्यूनतम ९ करोड ६० लाखइकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरीनेछ । यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरीनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाई धनीहरुलाई बार्षिक प्रतिफलको रुपमा वितरण गरीने यस योजनाको उदेश्य रहेको छ भने प्रभावकारी बार्षिक प्रतिफलको रुपमा२१.४३ प्रतिशतयस योजनाकाइकाई धनीहरुलाई दिन सक्ने प्रक्षेपण गरीएको छ । साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधि सम्मइकाईहरु दोश्रो बजारमा खरिद बिक्रीगर्न सकिने छ ।
यस योजना आज देखि छिटोमा२०७८/०१/१६ र ढिलोमा२०७८/०१/२७गते सम्मइकाई बिक्री खुला हुदैछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्तितथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १२ करोडसम्म लगानीका लागी आफ्नो सी–आश्वाखाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदनगर्न सक्नेछन् र विवरण पुस्तिका प्राप्त गर्न नेपाल इन्भेष्टमेण्ट बैँक लि. तोकिएको शाखाकार्यालयहरु तथाएनआईबिएल एस क्यापिटल लि.को लाजिम्पाट, काठमाण्डौँ स्थित प्रधान कार्यालयलगायत सम्पूर्ण शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नेछन् ।





