आर्थिक

ग्लोबल आईएमई बैंकको खुदमुनाफा ३ अर्ब ५८ करोड, वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड नाघ्यो

१५ बैसाख, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२लाख रुपैयाँखुद मुनाफा कमाएको छ। यो गतआर्थिक वर्षको सोही अवधिको तुलनामा८७ करोड ५६लाख रुपैयाँ अर्थात ३२.४०प्रतिशत बढी हो। खुद मुनाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा राम्रो सुधार भएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १८ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २२ रुपैयाँ५ पैसा कायम भएको छ ।यस अवधिसम्ममा बैंकको वितरण योग्यमुनाफा २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको छ । बैंकले आफ्नो व्यवसायमा गरेको बृद्दि, सञ्चालन खर्चहरुमा अपनाएको मितव्ययिता, डिजिटाइजेशनमा गरेको लगानी, वित्तीय साधन स्रोतको प्रभावकारी उपयोग तथा कर्जा असुलीमा प्राथमिकता जस्ता नीतिहरुको सफल कार्यान्वयनबाट उल्लेखित वित्तीय प्रगति गर्न सफल भएको छ ।
विगत९ महिनामा बैंकको निक्षेप २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको खुद कर्जा लगानी १ खर्ब ९८अर्ब रुपैयाँबाट बढेर २ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको आषाढ मसान्तमा१.७६प्रतिशत रहेको निष्कृय कर्जा चैत्र मसान्तसम्मक्रमिक सुधार भइ १.६१ प्रतिशत रहेको छ ।बैंकको आधार दर ९.४१ प्रतिशतबाट ६.४० प्रतिशतमा र स्प्रेड दर ५.१८ प्रतिशतबाट ४.१७ प्रतिशतमा झरेको छ । बैंकको आधार दरमा आएको उल्लेख्य गिरावटबाट बैंकका ग्राहकहरुसमेत प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । साथै बैंकले नेपाल राष्ट्र बैंकबाट प्राप्तगरेको पुर्नकर्जाले आफ्ना ग्राहकहरुको व्यापार व्यवसायमा थप सघाउ पु¥याउन सकेकोले बैंकको व्यवसायिक कदमहरु ग्राहकहरुको हितका लागि छ भन्नेमा बैंक विश्वस्त छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबैक्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा७६ जिल्लामा बैंकको २७३ शाखा, २४७ एटीएम, २५७शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ । ‘सबैकालागि बैंक’भन्ने नारालाई सार्थकतादिँदै बैंकले २२ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदानगर्दै आइरहेकोछ।