बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले सिरियाका राष्ट्रपतिमा बसर अल असद निर्वाचित भएकोमा बधाई दिएका छन् ।राष्ट्रपति सि जिनपिङले सोमबार सिरियाली नवनिर्वाचित राष्ट्रपति बसर अल असदललाई बधाई सन्देश पठाएका हुन् ।
सिरियामा हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा बसर अल असद निर्वाचित भएक थिए । राष्ट्रपति सि जिनपिङले सो सन्देशमा चीन र सिरिया आपसका मित्र राष्ट्र हुन् भन्दै यी दुई देशका बीचको मैत्री तथा कूटनीतिक सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने बताएका छन् ।
राष्ट्रपति सि जिनपिङले सिरिया चीनसँग कूटनीतिक सम्बन्धलाई स्थापना गर्ने र कायम राख्ने अरबको एउटा पुरानो देश हो भएका छन् । आगामी दिनमा सिरियाका राष्ट्रपति असदको समयमा चीन र सिरियाबीचको सम्बन्ध थप सुदृढ बन्ने विश्वास पनि राष्ट्रपति सि जिनपिङले सो सन्देशमा व्यक्त गरेका छन् ।




