आर्थिक

एनआई सी एशिया बैंकका खाता connectIPS अन्लाईन भेरीफाई गर्न सकिने

१८ जेठ, काठमाडौं । एनआई सी एशिया बैंक लि.का ग्राहकहरुले अब आफ्नो बैंक खाता connectIPS link गरी अन्लाईनबाटै self-verify गर्न सक्ने सुविधाबैंकले उपलब्धगराएको छ । यस अन्लाईन सुविधा सँगै बैंकका ग्राहकहरुले connectIPS link गरिएको खाता verify गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन र अन्लाईनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्दछन् जसले गर्दा बैंकका ग्राहकहरुलाई हालको लकडाउनको अवस्थामा थप सहजहुने विश्वास गरिएको छ । हालको समयमा  वैकल्पिक च्यानलहरु मार्फत पनि फण्ड ट्रान्स्फर तथा अन्य भुक्तानीका निम्ति connectIPS प्रयोग निकै बढ्दै गइरहेको छ ।

अन्लाईन self-verify गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन रु २ लाख तथा प्रति महिना  १० लाख सम्मको कारोबार सीमाप्रदान गरेको छ भने connectIPS रहेको पूर्ण कारोबार सीमाको लागिभने ग्राहकले बैंकमा फर्म बुझाएर एक पटक verify गराउनु पर्ने हुन्छ ।