स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोना जितेर फर्किने ५ हजार ९०४ जना, संक्रमित मृतक पुगे ७५

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणबाट ७५ जनाको निधन भएको छ । आजसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७६ सय ३० पुगेको छ । आज कोरोना संक्रमितहरु ६८ सय २५ जना थपिएका छन् । २१ हजार ७७३ जनामा परीक्षण गर्दा उक्र संक्रमित थपिएका हुन् । नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५ लाख ७६ हजार ९२६ पुगेको छ । आजै ५ हजार ९०४ जनाले कोरोना जितेर घर फर्किएका छन् । निको हुने दर ८१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय कोरोना संक्रमित र मृतकको संख्या केही घट्दै गएको छ ।