स्वास्थ्य

कोरोना जित्नेको संख्या ६९ सय ५१ जना, संक्रमित थपिए ४४ सय ७२ जना

२४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९२ जनाको निधन भएको छ । यसै समयमा ४४ सय ७२ जनामा नयाँ कोरोना संक्रमण पुष्टी भएको छ । १७ हजार ९०३ जनामा कोरोना परीक्षण गर्दा उक्त संक्रमण पुष्टी भएको हो । आजसम्म नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ७९ सय ९० जना पुगेको छ । आज निको हुनेको संख्या ६९ सय ५१ जनाले कोरोना जितेका छन् ।