२६ जेठ, काठमाडौं । संसद बिघटन सम्बन्धी इजलासमा न्यायधीश इश्वर प्रसाद खतिवडाले अब आईन्दा बेन्च सम्बन्धी झमेला लिएर नआउन भनेका छन् । उनले आफूहरु जिम्मेवारीबाट नभाग्ने भन्दै उक्त कुरा भनेका हुन्। संसद बिघटन सम्बन्धी इजलासमा प्रधानन्यायधीश चोलेन्द्र शम्सेर राणाको संयोजकत्वमा इजलास समिति बनेको छ । बार एशोसिएसनलगायतबाट दीपक कुमार कार्की र आनन्दमोहन भट्टराई न्यायधिशको नाममा बिबाद आएपछि प्रधानन्यायधीशले बरिष्ठताका आधारमा संसदीय इजलास गठन गरेका हुन् । इजलाल शुरु भईसकेको अवस्था छ ।
बिबादमा परेका न्यायधीशको राय भने नआएको समाचार छ ।





