आर्थिक

एनआईबिएल एस क्यापिटललाई कृषि विकासको “ ७ वर्षे ६ अरब कृषि ऋणपत्र” को डिबेञ्चर नियुक्त

१५ असार, काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडलाई कृषि विकास बैंक लिमिटेडले “ ७ वर्षे ६ अरब कृषि ऋणपत्र” का डिबेञ्चर रजिष्ट्रारका लागि नियुक्त गरिएको छ । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको हो ।
उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तिय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले मिति २०७८ असार १४ गते हस्ताक्षर गरेका छन् ।