आर्थिक

कामना सेवा विकास बैंक र एनआईबिएल एस क्यापिटलबीच सम्झौता

२८ असार, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले एक हजार अंकित दरका १० लाख कित्ताले हुन आउने एक अर्ब रकम बराबरको “KSBBL Debenture 2088” ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बिक्रीप्रबन्धकको नियुक्ति सम्बन्धमा मिति २०७८, असार २८ गतेका दिनबैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।
कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । यस बैंकको संस्थापकहरुमा सरकारी सेवा, विभिन्न संघ संस्थाहरुमा आवद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु संलग्न छन् । ग्राहकहरुलाई समयसापेक्ष उत्कृष्ट सेवासुविधाहरु उपलब्ध गराउँदै आइरहेको यस बैंककाहाल १२८ वटा शाखाकार्यालयहरु र १ वटाएक्सटेन्शन काउन्टर तथा ७० वटा एटिएम मार्फत आफ्नो सेवाहरु प्रवाहगर्दै आएको छ साथै

Social Media Banking, Internet Banking, Mobile Banking, Viber Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।