आर्थिक

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको सर्बोच्चको परमादेश अत्यन्त स्वागतयोग्यः बिनोद चौधरी

२० असार, काठमाडौं । उद्योगपति एबम् साँसद बिनोद चौधरीले नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेश अत्यन्त स्वागतयोग्य भएको बताएका छन् ।
उनले यसले संवैधानिक सर्वोच्चताको मर्मलाई जीवन्त बनाएको उनले बताएका छन् ।
उनले सर्वोच्च अदालतले आज संविधानको थप व्याख्या गर्दै संसद् पुनःस्थापाको स्वागत गर्दै उक्त कुरा बताएका छन् ।

उनले भनेका छन्ः सर्वोच्च अदालतले आज संविधानको थप व्याख्या गर्दै संसद् पुन: स्थापना र नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेश अत्यन्त स्वागतयोग्य छ । यसले संवैधानिक सर्वोच्चताको मर्मलाई जीवन्त बनाएको छ ।