स्वास्थ्य

बिपी कोईराला अस्पतालका भ्रष्टाचारीलाई कारबाही गर्छुः राज्यमन्त्री श्रेष्ठ

२२ साउन, काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीउपर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले आज मन्त्रालयमा प्रतिनिधि मण्डलसँग कुरा गर्दै आफूले भिन्नै समिति बनाएर भ्रष्टाचार भएको प्रमाणीत भए कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिगत केही महिनादेखी उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरीलगायतका पदाधिकारीको कार्यालयमा कमर्मचारीले ताला लगाएका छन् भने दैनिक कार्यहरु प्रभाबित हुँदा बिरामीको उपचार र दैसिनक प्रशासनिक कार्य प्रभाबित भएको छ ।
थारै रकममा पाईने स्वास्थ्य सामाग्रीलगायतका उपकरणहरुमा भ्रष्टाचार भएको भन्दै जनसाधारणबाट धेरै आलोचना भईरहेको छ ।