स्वास्थ्य

कोरोनाबाट आज ५५ को निधन, थपीए २५ सय ४८ संक्रमित

२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५५ जनाको कोरोनो संक्रमणका कारण निधन भएको छ ।
१२ हजार ३७८ जनामा परीक्षण गर्दा २५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज कोरोना जितेर घर फर्किनेहरु २०२९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या नेपालमा १० हजार ९३ रहेका छन् ।