आर्थिक

भोजको खरिद, आइएमई पेबाट भुक्तानी गर्दा २० प्रतिशत क्यास ब्याक

२८ साउन, काठमाडौँ, । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे‘ र भोजवीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् । भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडवीच भएको सम्झौता पश्चात अब भोज्बाट आइएमई पे माफर्त खरिद गदा रु ५०० नबद्ने गरी २० प्रतिशत क्यासब्याक गरी सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् । अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागु हुनेछ ।
उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार ब्यवस्थापक आमोद भट्टराईले भोज्मा ‘आइएमई पे’ को भुक्तानी सेवासंगै २० प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।
सेवा शुरुआत गरिएको उपलक्ष्यमा बोल्दै भोज्का सह–सस्थापक निकेत अग्रवालले भोजदिल्स्बाट खरिद गर्दा ‘आइएमई पे’ मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे ।