२९ श्रावण, काठमाडौं । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नं। ५, खानीडाँडामा ८४ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । त्यसै गरी गत हप्ता बैंकले बाग्मती प्रदेश, नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं।१२ गौरीबेशीमा ८३ औं गरी थप १ शाखारहित बैंकिङ्ग सेवाको सुरु गरेको थियो । सो शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८४ पुगेको छ । बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी खानीडाँडाको स्थानीय व्यवसायि कविता जि।शी भाट र गौरीबेशीका रविन्द्र घिमिरेलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायतका सेवाहरु उपयोग गर्न सकिने बैंकले जनाएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए।टि।एम र ८४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।





