आर्थिक

सन्राइज म्युचुअल फण्ड: फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

३१ साउन, काठमाडौं । सन्राइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष ०७७/०७८ का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित ५० प्रतिशत का दरले हुन आउने ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय गरिएको व्यहोरा सबैमा जानकारी गराएक छन् । 

साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने जानकारी गराएको छ।