आर्थिक

सिभिल बैंकको सर्वाधिक ब्याजदर सहितको वरिष्ठ वचत खाता

३२ साउन, काठमाडौं । समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले ल्याएको छ वरिष्ठ वचत खाता जसमा बैंकले सदैव सर्वाधिक ब्याजदर उपलब्ध गराउने छ ।

५८ वर्ष भन्दा माथिकाले न्युनतम मौज्दात १० हजार राखी खोल्न सकिने यस वचत खातामा वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथसाथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ वचत खातामा सदैव सर्वाधिक ब्याजदर प्रदान गर्नै वाचा गर्दछ साथै विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै वहाँहरुको सुविधा तथा आवश्यकतालाई मनन गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने कुरा बैैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए ।

निक्षेप तर्फ रु. ९१.६७ अर्व र कर्जा तर्फ रु. ८५.१४ अर्व पु¥याउन सफल भएको सिभिल बैंकले निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.०५ प्रतिशत मा सिमित गर्न सफल भएको छ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।