आर्थिक

राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी connectIPS मार्फत

२ भदौ, काठमाडौं । राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले आफ्नो जीवन बीमाको प्रिमियम रकम अन्लाईनबाटै connectIPS e-Payment प्रणाली मार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।

आज एक समारोहको आयोजना गरी संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठक, सहप्रशासक महेश रिमाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका साथै अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त अन्लाईन भुक्तानी सेवाको थालनी गरिएको हो ।

यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने अन्लाईनबाटै आफ्नो बैंक/वित्तिय संस्थाको खाताबाट भुक्तानी गर्न सक्नेछन् ।