आर्थिक

एसबिआई र सिप्रदीबिच कर्जा सहमती

११ भदौ, काठमाडौं । नेपाल एसबिआई बैंक लि. र सिप्रदी ट्रेडिङ प्रा. लि. बिच सिप्रदी ट्रेडिङ प्रा. लि.का ग्राहकहरुलाई टाटा गाटीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडिङ प्रा. लि.का बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुप मनि ढकाल बिच सम्पन्न भयो । उक्त समारोहमा बैंकका प्रमूख कर्जा अधिकृत विनोद कुमार ढुंगेलका साथै सिप्रदी ट्रेडिङ प्रा. लि.का अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।
यस बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।