अन्तर्राष्ट्रिय

क्याम्पसमा गोली प्रहार निन्दनीय घटना: राष्ट्रपति पुटिन

४ असोज, श्रस । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले ६ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको निन्दा गरेका छन्।

टेलिभिजनमार्फत सोमबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले उक्त घटना पीडित परिवारका लागि मात्र नभएर सिङ्गो राष्ट्रका लागिसमेत क्षति हो भनेका छन् । रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार भएको बन्दुकधारीको गोली प्रहारमा ६ जनाको ज्यान गएको छ ।