२ कात्तिक, काठमाडौं । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ आफ्ना ग्राहकहरूको सर्वोपरि हित तथा अधिकतम लाभयुक्त ग्राहकमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले निक्षेप योजनामा आम ग्राहकहरूलाई सर्वाधिक फाइदाहरूले भरिपूर्ण “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना सार्वजनिक गरेको छ ।
यस बैंकको २४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सार्वजनिक “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजनामा ग्राहकहरूलाई उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य अतुलनीय फाइदाहरू प्रदान गरेको छ । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरूले रू।२१ लाखसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू।१० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि रू। १० लाखसम्मको बीमा सुविधा र रू। १ लाखसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग ९इएम्० उपचारमा रू। २० हजारसम्म र अस्पताल भर्ना वापत रू। ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ । उल्लेखित बीमा सुविधाहरू बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा खातावाललाई प्रदान गर्नेछ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस अघिका बचत खाताहरूमा प्रदान गरेको बीमा सुविधालाई ग्राहक महानुभावहरूले अत्यन्त मन पराउनु भएकाले यस बचत योजनामा समेत उक्त योजनालाई निरन्तरता दिइएको छ । सोही बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ६१० जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको रू।३ करोड ८५ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् । बैंकको यस बचत खाताले ग्राहकहरूको बचतमा उच्चतम प्रतिफल मात्रै नभएर भविष्यमा आइपर्ने भवितव्यको लागि वित्तीय जोहो गर्न समेत महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छ । साथै, सर्वश्रेष्ठ बचत खाता भएका ग्राहकहरूले ३ कर्जा सम्बन्धी फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।
बीमा तथा कर्जा सम्बन्धी सर्वाधिक फाइदाहरूका साथसाथै १८ अन्य सर्वाधिक फाइदाहरू सर्वश्रेष्ठ बचत खातामा समाविष्ट गरिएको छ । जस अन्तर्गत ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग सुविधा उपलब्ध गराएको छ, यस्तो फाइदा नेपालको बैंकिङ्ग इतिहासमै सम्भवतः पहिलो हो । यसका साथै सर्वश्रेष्ठ बचत खातामा रू।५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशत छुट सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएम बाट रकम झिक्दा शुल्क नलाग्ने, एयचतायष्यि ःबलबनझभलत क्भचखष्अभ मा ५० प्रतिशत छुट लगायतका फाइदाहरू रहेका छन् । साथै सर्वश्रेष्ठ बचत खातामा आकर्षक स्विप इन–स्विप आउट सुविधा समेत रहेको छ । जसअन्तर्गत बैंकले सर्वश्रेष्ठ बचत खातामा दुई लाख भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजार ले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा १०।१० प्रतिशत सम्मको ब्याजदर प्रदान गरिनेछ । यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ ।
ग्राहक महानुभावहरूले आफू अनुकूल हुने र इच्छाइएको रकम बचत गर्नका लागि गुडविल एम्बेसडर, प्राइड र पार्टनर ९एबचतलभच० गरी तीन श्रेणीका सर्वश्रेष्ठ बचत खाता योजनाहरू मध्ये कुनै पनि खाता खोल्न सक्ने व्यवस्था गरिएको छ । उल्लेखित तीनै श्रेणीका बचत खाताहरू अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालय मार्फत खोल्न सकिने व्यवस्था गरिएको छ । यी तीनै श्रेणीका खाताहरूमा वार्षिक ८।१० प्रतिशत ब्याजदर प्राप्त हुनेछ भने गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा अति विशिष्ट सुविधाहरू प्रदान गरिनेछ । गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा उपलब्ध उल्लेखित २४ विभिन्न सुविधाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एक पटक खाता खोलिसकेपछि ग्राहक महानुभावहरूले न्यूनतम रू। ३ लाख ३६ हजार भन्दा बढीको फाइदा प्राप्त गर्न सकिने प्रक्षेपण बैंकले गरेको छ ।
सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत ५५ वर्ष पुगेकाहरूले सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता खोली पेन्सनको आधारमा कर्जा सुविधा र होम बैंकिङ्ग सुविधा समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी सन्तानको उज्वल भविष्यका लागि आमाबुवाले आफ्ना छोराछोरीका नाममा सर्वश्रेष्ठ बाबु नानी बचत खाता खोल्न सकिने व्यवस्था गरिएको छ । सर्वश्रेष्ठ बचत योजना अन्तर्गत माथि उल्लेखित बाहेक सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ सहज बचत खाता, सर्वश्रेष्ठ विद्यार्थी बचत खाता, सर्वश्रेष्ठ स्वरोजगार बचत खाता र सर्वश्रेष्ठ मासिक निक्षेप खाता रहेका छन् ।
सर्वश्रेष्ठ बचत खातासँगै १ वर्षदेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती निक्षेप योजना समेत रहेको छ जसमा वार्षिक ११।१० प्रैतिशत सम्मको आकर्षक ब्याजदर सुविधा प्रदान गरिएको छ । साथै सर्वश्रेष्ठ मासिक निक्षेप खाता अन्तर्गत एन आई सी एशिया बैंकका ग्राहकहरूले जम्मा गरेको रकममा ११।१० प्रतिशत सम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा रकम स्थानान्तरण गर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा स्थानान्तरण गर्ने भन्ने जानकारी बैंकको शाखामा गएर निर्देशन दिनु पर्ने र स्थानान्तरण गरिने रकम रू ५०० का दरले गुणन गरेर हुन आउने रकम ९जस्तै रू ५००, रू १०००, रू १५०० आदिको अनुपातमा० तय गर्नुपर्ने व्यवस्था गरिएको छ । मासिक निक्षेप खाता ३ महिना देखि १० वर्षसम्मको लागि खोल्न सकिने साथै ग्राहक महानुभावहरूले चाहेको समयमा आफैले मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग प्रयोग गरी थप रकम मासिक निक्षेप खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । बैंकले सार्वजनिक गरेको यस सर्वश्रेष्ठ बचत खाता योजनाबाट मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहक महानुभावहरूलाई अधिकतम फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू।२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।





