७ कात्तिक, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र काठमाण्डौं गेस्ट हाउस बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा सुबिधाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकहरुले काठमाण्डौं गेस्ट हाउसको Museum of Nepali Arts प्रवेशमा शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।
साथै काठमाण्डौं गेस्ट हाउस समुह अन्तर्गत विभिन्न ७ स्थानहरु काठमाण्डौं गेस्ट हाउस, ठमेल, माया मानोर बुटिक होटल, हात्तिसार, पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, मारुनी Sanctuary लज, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १५ प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
काठमाण्डौं गेस्ट हाउस ग्रुपले विगत ५० वर्षदेखी देशको प्रमुख शहरहरुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।





