प्रदेश 2

एसिड पीडित खातुनले प्रदेश २ सरकारबाट फेरी ५ लाख सहयोग पाउने

९ कार्तिक, जनकपुरधाम । एसिड पीडित मुस्कान खातुनले प्रदेश २ सरकारबाट पुनः ५ लाख रुपयाँ सहयोग पाउने भएकी छिन् । यसअघि नै ५ लाख सहयोग गरेको प्रदेश सरकार खातुनप्रति उदार बनेको छ ।

प्रदेश मन्त्रीपरिषदको आज बसेको बैठकले खातुनको उपचार जारी रहेको भन्दै थप ५ लाख रुपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जानकारी दिएको छ ।

वीरगञ्जकी खातुन दुई वर्षअघि एसिड आक्रमणमा परेकी थिईन । वीरगञ्ज ४ स्थित गणेशमान चोकमा २० भदौ, २०७६ मा दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए । साथै संघिय सरकारले पनि खातुनको उपचारार्थ ३ लाख रुपौयाँ सहयोग गरेको थियो ।