९ कार्तिक, विराटनगर । झारफुक गर्ने क्रममा आफ्नै श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई आज बिहान पक्राउ परेका छन् ।
कमलले आफ्नै घरभित्र घर परिवारका सदस्य राखी धामी बसी विगतदेखि बेलाबखत बहोस हुने बिरामी रहेका श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा दुवै जनाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले घटनामा संलग्न कमललाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।





